Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मौलिक कला र संस्कृति पर्यटक भित्र्याउने माध्यम

  •   ३ वर्ष अघि | २७ असोज २०८०, शनिबार

असोज २७, मुस्ताङ । मुस्ताङ जिल्लाको मौलिक कला र त्याँहाको संस्कृति पर्यटक आकर्षित गर्ने मुख्य माध्यम बनेको छ । मुस्ताङका बासिन्दाले प्राकृतिक र धार्मिकसँगै परम्परागत मौलिक कला र संस्कृतिको जगेर्ना गरेर पर्यटक भित्र्याउने माध्यम बनाएका हुन् । 

घरपझोङ गाउँपालिका–५ को ठिनीको थकाली सामुदायिक होमस्टेका सञ्चालक जुमा थकालीले मुस्ताङमा तीर्थयात्री र पैदलयात्री मात्र नभएर रहनसहन, संस्कृति, जीवनशैलीको अध्ययन, अवलोकनका लागि समेत पर्यटक आउने गरेका बताइन् । 

 उनले भनिन्, “पृथक भूगोल, दामोदरकुण्ड, मुक्तिनाथ, कागबेनी जस्ता धार्मिक स्थल र ऐतिहाँसिक दरबार मात्र नभएर बस्तीअनुसार फरक फरक संस्कृतिको पनि अवलोकन गर्न पाइने त्यस्तै कुमार जात्रा, भदौरे, थार्तुङ, लामा नाच, तिजी, फागुपूर्णिमाका अवसरमा देखाइने मौलिक गीत तथा नृत्यले बसाई लम्बाउन र पर्यटक आकर्षित गर्न सहयोग मिलेको छ ।”

थकालीका अनुसार प्रचारप्रसार, सडक यातायातको सुविधा आदी कारण परम्परागत सांस्कृतिक मेला पर्वमा पर्यटकको सहभागिता बढेको छ । वर्षमा एक पटक मुस्ताङको प्रमुख गुम्बाहरुमा लामा नाच हुने गर्छ । असोज २३ गते मंगलबारदेखि कुछप तेरङ्गा गुम्बामा लामा नाच प्रर्दशनीका लागि पुजाआजा सुरु गरिएको छ । 

पर्यटकीय गन्तब्यको रुपमा विकास भएको ढुम्बा तालको नजिकै डाडामा रहेको गुम्बा परिसरबाट मार्फा, जोमसोम, ठिनी, स्याङ लगायतका भूगोलको मनमोहक दृष्य सजिलै अवलोकन गर्न सकिन्छ । 

यस्ता धार्मिक महत्व बोकेका लामा नाच अवलोकन गर्न आएका देश तथा विदेशबाट पर्यटकहरुको राम्रो उपस्थित रहने गरेको छ । पर्यटकहरुले मुस्ताङ भ्रमणका क्रममा प्रकृति र धार्मिक सँगै फरक संस्कृतिको बारेमा जानकारी लिन पाएकोमा खुसी व्यक्त गर्ने गरेका छन भने धेरै वर्ष पुरानो संस्कृति अझै जिवित देख्दा पर्यटकहरु दंग पर्ने र यसको  प्रचारप्रसार गर्ने गरेका छन। 

  • न्युज बहार संवाददाता

थप