Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मौसममा आएको खराबीका कारण विमानस्थलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित

  •   २ वर्ष अघि | २२ जेष्ठ २०८१, मङ्लबार

जेठ २२, काठमाडौँ । त्रिभुवन  अन्तर्राष्ट्रिय विमानस्थलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । आज मंगलबार बिहानै एकाएक मौसममा खराबी आएपछी उडानहरू प्रभावित भएका हुन ।

जहाज उडान तथा अवतरणमा पानीसँगै हावाहुरी चलेपछि समस्या आएको हो । 

त्रिभुवन  अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) का प्रवक्ता सुवास झाका अनुसार विमानस्थलको भिजिबिलिटी राम्रो रहेपनि तीव्र गतिमा हावाहुरी चलेसँगै जहाज उडान तथा अवतरणमा समस्या आएको हो । 

खराब मौसमकै कारण चीनबाट काठमाडौँ आएको सिचुवान एयरको जहाज ल्हासा डाइर्भट भएको छ । 

  • न्युज बहार संवाददाता

थप