Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु

  •   ३ वर्ष अघि | १६ माघ २०८०, मङ्लबार

माघ १६, नेपालगञ्ज । कैलाश मानसरोवरसम्मका लागि नेपालगञ्जबाट हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । ‘माउण्टेन फ्लाइट’ विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा सुरु भएको हो । दुई दिनअघि नै गर्ने भनिएको उडान खराव मौसमका कारण सोमबार मात्र सम्भव भएको हो । गत शनिबार अत्यधिक चिसो र बाक्लो हुस्सुका कारण ‘भिजीबिलीटी’ कमहुँदा उडान हुन सकेको थिएन ।

व्यवसायीहरुका अनुसार भारतीय पर्यटकका लागि कम्तीमा एउटा उडान भयो भने पनि त्यसले पर्यटकीय चहलपहल बढाउन मद्दत पुग्नेछ । पर्यटकलाई यस उडानबाट कैलाश मानसरोवर जाँदा त्यहाँको आर्कषक दृश्यले लोभ्याउनेछ । लामो समयको प्रयासपछि हिमाली उडान सुरु भएकामा खुसी व्यक्त गर्दै पर्यटन व्यवसायी डा ओम मिश्रले नेपालगञ्ज पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको बताएका छन ।

भारतीय पर्यटकसहितको हिमाली उडानले नेपालगञ्जको खस्कँदो व्यवसायलाई राहत मिल्ने र पर्यटनको क्षेत्रमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त पर्यटन व्यवसायीहरुले गरेका छन । 

 

  • न्युज बहार संवाददाता

थप