Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पहिलो पटक जाहाज चार्टर गरेर काठमाडौँ र भियतनाममा पर्यटकको आदान–प्रदान

  •   ३ वर्ष अघि | २१ कार्तिक २०८०, मङ्लबार

कार्तिक २१, काठमाडौँ । रुप्से होलिडेजका अनुसार काठमाडौँबाट भियतनामको हनोईसम्म हिमालय एयरलाइन्सको एयरबस ३२० जाहाज चार्टर गरेर सोझो उडान गरेसँगै नेपाल भियतनाम पर्यटनको विकासमा नयाँ उचाइ हाँसिल गर्न सफल भएको जनाएको छ। 

रुप्से होलिडेजले भियतनामबाट चार्टर्ड उडानमार्फत् २२५ भन्दा बढी पर्यटक नेपाल भित्रिए भने ३२८ भन्दा बढी नेपाली पर्यटकले भियतनामको भ्रमण अवलोकनका लागी प्रस्थान गरेको जनाएको छ।  

रुप्सेका अनुसार नेपाल र भियतनामबीच यति धेरै संख्यामा पर्यटकको आदान–प्रदान भएको यो पहिलो पटक रहेको छ।

यो कुनै ट्राभल एजेन्सीले एकैपटक तीन–तीन वटा जेट विमान चार्टर गरेर भियतनामका लागि उडान गरेको पहिलो पटक रहेको दाबी गरिएको छ।

यसैगरी यो भियतनाम र नेपालबीच पर्यटकीय सम्भाव्यताको सफल परीक्षण थियो। 

  • न्युज बहार संवाददाता

थप