माघ १९, काठमाडौँ । बुद्ध एयरले आउँदै गरेको प्रेम दिवसका
लागि विशेष अफर सार्वजनिक गरेको छ ।
फेब्रुअरी १४ अर्थात फागुन २ गते बुद्ध एयरको जाहाज
मार्फत माउन्टेन फ?लाइट गर्ने यात्रुलाई
एउटा टिकट किन्दा अर्को टिकट फ्री दिने घोषणा गरेको छ ।
उक्त गन्तव्यको टिकटको मुल्य १३ हजार ९९९ रुपैयाँ रहेको
छ भने बुद्ध एयरको जुनसुकै सेल्स काउन्टरबाट टिकट खरिद गर्न सकिने छ ।
यसबाहेक प्रेम दिवसका दिन यात्रा गर्ने यात्रुलाई बुद्ध
एयरले अन्य उपहार पनि दिने बताएको छ ।
- न्युज बहार संवाददाता