Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ घलेगाउँमा फुटबल प्रतियोगिता हुँदै

  •   २ वर्ष अघि | ९ चैत्र २०८०, शुक्रबार

चैत ९, लमजुङ ।  आगामी वैशाख १ गतेदेखि दक्षिण एशियाकै नमूना क्व्होलासोथर गाउँपालिका३ घलेगाउँमा फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ सातौँ स्मार्ट भिलेज आमन्त्रण गोल्डकपफुटबल प्रतियोगिता हुने भएको छ । 

उक्त प्रतियोगिता करिब आठ सय वर्ष पुरानो घलेगाउँस्थित घलेगाउँको स्वर्र्गभूमि रङ्गशालामा हुने लागेको हो । यो रङ्गशाला समुद्र सतहबाट दुई हजार एक सय मिटर उचाइमा रहेको छ।

बिहीबार बेँसीसहरमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता आयोजक स्मार्ट भिलेज घलेगाउँ र पर्यटन व्यवस्थापन समितिले देशका प्रतिष्ठित   १२  फुटबल क्लबीच प्रतिस्पर्धा हुने जनाएका हुन । भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीलाई रु पाँच लाख ५० हजार पाँच सय ५५, गोल्डकप र पदक, दोस्रो स्थान हासिल गर्नेलाई रु तीन लाख ५० हजार तीन सय ५५ सहित पदक प्रदान गरिने छ । 

त्यसैगरी प्रतियोगितामा सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई जनही नगद रु १० हजारसहित पदक प्रदान गरिने भएको छ । नकआउट आधारमा छ दिनसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत खेलहरु हुनेछन् ।  अध्यक्ष घलेले प्रतियोगिता सञ्चालन गर्न रु ३१ लाख ८० हजार लाग्ने अनुमान गरिएको बताएका छन ।  

  • न्युज बहार संवाददाता

थप