फागुन १९, काठमाडौँ । एक महिनाको समयमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय १५ वटा उडान र अवतरण भएको छ । यसबाट ६ हजार बढीले यात्रा गरेका छन्।
चारवटा
अन्तर्राष्ट्रिय उडानमार्फत गत फेब्रुअरी महिनाभरीमा ६ हजार ७७९ जनाले यात्रा
गरेका विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थल कार्यालयका अनुसार जजिरामा तीन हजार २६५,
फ्लाई
दुबईमा दुई हजार ४०३, थाई एयर
एसियामा एक हजार ९७, नेपाल
एयरलाइन्समा एक जना र १३ जनाले चार्टर्ड उडानमार्फत यात्रा गरेका हुन ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु
तिवारीले फेब्रुअरी महिनाको यात्रु आवगमन अहिलेसम्मकै धेरै रहेको जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता