फागुन २१, काठमाडौँ । पछिल्लो चार महिनायता
नेपालीको भान्सामा अनिवार्य रहेको चामलको भाउ निरन्तर ओरालो लागिरहेको छ । निक
उपभोग्य खाद्य सामग्रीको भाउ घट्न थालेका खबरले पछिल्लो पटक उपभोक्तामा खुसी भएका
छन ।
दाल तथा
गेडागुडी नेपालीको भान्सामा धेरै खपत हुने खाद्यवस्तु मध्ये एक हो । पछिल्लो पटक गेडागुडीको
भाउ घटिरहेको छ । सम्बद्धित व्यवसायीहरुका अनुसार पछिल्लो दुई महिनायता भाउ
घटिरहेको छ ।
खुद्रा
व्यापारीहरूको छाता संगठन नेपाल खुद्रा व्यापार संघका अनुसार दाल तथा गेडागुडीको
भाउ घटिरहेको केही समयदेखि घटिरहेको छ ।
खुद्रा
व्यापार संघले उपलब्ध गराएको तथ्यांकले बजारमा रहर लगायत दालको भाउ घटेको देखाएको
छ । त्यसैगरी मास, मुसुरोको भाउ पनि घटेको संघले जनाएको छ ।
- न्युज बहार संवाददाता