Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजदेखी हिन्दुहरूको महान् पर्व विजया दशमी आरम्भ, आज पहिलो दिन घटस्थापना

  •   ३ वर्ष अघि | २८ असोज २०८०, आइतवार

असोज २८, काठमाडौँ । नवरात्रि अर्थात हिन्दुहरूको महान् पर्व विजया दशमी आजदेखी विधी  पुर्वक आरम्भ भएको छ । नवरात्री प्रारम्भ आजदेखि भएको छ । आज नवरात्रीको पहिलो दिन आश्विन शुक्ल प्रतिपदाको दिन, जसलाई घटस्थापना भन्ने गरिन्छ ।

घर–घरमा नवरात्रीको पहिलो दिन आज घटस्थापना गर्ने गरिन्छ र यसैदिन देखी बडा दसैंसुरु भएको मानिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज घटस्थापनाका लागि बिहान ११ बजेर २९ मिनेटको साइत उत्तम रहेको छ।

समितिले यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने जनाएको छ।

बडा दसैं १५ दिन आश्विन शुक्ल पूर्णिमासम्म धूमधामका साथ मनाइन्छ।

बडा दसैँको आजको पहिलो दिन दसैंघरमा वा घरका पूजा कोठामा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गर्ने गरिन्छ।

आज घटस्थापना गर्नका निम्ती बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट माटो वा बालुवा ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैंघरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यस कार्यलाई जमरा राख्ने भनिन्छ । दुर्गा देवीको प्रिय वस्तु जौ अङ्कुर भएकाले आज जौ रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीकासँगै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ ।

दुर्गा देवीका तीनवटा रुप महासरस्वती, महालक्ष्मी र महाकालीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ। 

  • न्युज बहार संवाददाता

थप