Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज कार्तिक १६ गते बिहिबारको राशीफल

  •   ३ वर्ष अघि | १६ कार्तिक २०८०, बिहिबार

शुभ बिहानी, आज २०८० साल कार्तिक १६ गते, कार्तिक कृष्ण पञ्चमी तिथी बिहिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज तीर्थाटनको योग रहेको छ एउटै कामबाट दोहोरो लाभ लिन र व्यावसायिक काममा राम्रै फड्को मार्न सकिएला सकिनेछ। आत्मिक सन्तुष्टि पनि मिल्नेछ।

वृष – तपाइको आज सहयोगी हातहरू पनि अघि बढ्ने र आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न होलान। कलाकारिता र साहित्यिक क्षेत्रमा रूचि बढेर जानेछ।

मिथुन - तपाईको आज महिला वा मित्रबाट विशेष सहयोग पाइएला, आकस्मिक धनलाभ होला। काम देखाएर अरूको मन लोभ्याउन सकिएला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज ताके अनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ, झुटा आरोप आइपर्दा समस्या होला। अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्न सक्छ।

सिंह – तपाईको आज धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् भने इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्लान।

कन्या - कन्या राशीका तपाईको आज धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन पनि जानेछ, शुभकार्यको चर्चा हुने र अकस्मात् धन सम्पत्ति हात पर्ने योग छ।

तुला - तपाइकोले आज वैदेशिक क्षेत्रको काम अघि बढ्नुका साथै पारिवारिक प्रेम र सद्भाव बढेर जानेछ। रोकिएका अधुरा पुराना कामहरू पुरा होलान।

वृश्चिक – तपाईको आज वैदेशिक कार्यमा ढिलाइ हुनसक्छ, आजको दिन मध्यम नै रहेको छ। मनमा दोधारको अवस्था सिर्जना होला। यात्रामा सावधानी अपनाउनु आवश्यक छ।

धनु – तपाइको आज नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला, जोशजाँगर र हिम्मत बढेर जानेछ। दैनिक कार्यहरूमा प्रगति होला। रमणीय र सुखद् यात्राको योग पनि रहेको छ।

मकर - मकर राशीका तपाइको आज शुभ यात्राको योग रहेको छ, लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा होलान। कुनै समाचारले मनमा शान्ति छाउला।

कुम्भ - कुम्भ राशीका तपाइको आज घरमा अतिथिको आगमन होला, शुभ समाचार सुन्न पाइएला। मित्रबाट विशेष सहयोग मिल्नुका साथै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला।

मिन – तपाइको आज बोलीको विपरीत अर्थ लाग्न सक्ला, जिद्दीपनाले गर्दा काम बिग्रने भय रहेको छ। प्रतिकूल समयले घेरेको हुनाले संयम रहनु आवश्यक देखिन्छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप