Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज साउन १७ गते बुधबारको राशीफल।

  •   ३ वर्ष अघि | १७ साउन २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल साउन १६ गते, साउन कृष्ण  प्रतिपदा तिथी बुधबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज मनमा शान्तिको अनुभूति होला। पुरानो साथीसँग भेटघाट हुने, आँटेको र ताकेको कार्य पुरा हुने, र रमाइलो यात्रा पनि हुने सम्भावना छ।

वृष - तपाईलाई आज नयाँ नयाँ अवसर आउनाले मन प्रसन्न रहला। न्यायिक कार्यमा सफलता पाइएला। धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण पनि होला।

मिथुन - तपाईलाइ आज दबाब र तनाव बढेको महसुस होला। अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजग रहनु पर्नेछ, तर आफन्तको साथ र सहयोग भने पाइएला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। पारिवारिक जीवन सन्तोष प्रदायक नै हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनसक्लान।

सिंह – तपाईको आज लगनशीलताले कामहरू अगाडि बढ्लान। नयाँ ज्ञान सिक्ने मौका र प्रेमीको सहयोग पाइएला। वैदेशिक कार्य पनि अघि बढेर जाला।

कन्या - कन्या राशीका तपाईको आज दिन भाग्यशाली भएर देखा आउनेछ। धार्मिक तथा समाज सेवामा मन जानेछ। आफन्तको सहयोग र शुभकार्यको चर्चा पनि हुनसक्छ।

तुला - तपाइको आज मनमा उत्साहको कमी आउला। शत्रुहरूको गतिविधिले आत्मबल घटाउला, तर मान्यजनको आशीर्वादले काम बन्नेछ।

वृश्चिक – तपाईको आज धार्मिक यात्रा हुने, आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्ने, बौद्धिक कार्यमा सफलता मिल्ने, प्रेमीको सहयोग प्राप्त हुने योग छ।

धनु – तपाइको आज धार्मिक कार्यमा रुचि बढ्ने, मनोरञ्जनमा सहभागी भइने, पारिवारिक जीवन र प्रणय सम्बन्ध पनि सकारात्मक देखिने समय छ।

मकर - मकर राशीका तपाइको आज प्रसन्नता र हर्षका बीचमा समय व्यतीत होला। रमणीय र सुखद् यात्राको, सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने योग रहेको छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ र खर्च बढ्न सक्ला। आफूलाई कमजोर भएको अनुभूति होला, तर साँझमा धन हात पर्नसक्नेछ।

मिन – तपाइले आज अतिथिको रूपमा सत्कार पाउनुहोला। वैदेशिक क्षेत्रबाट सफलता मिल्नसक्छ। रमणीय र सुखद् यात्राको योग रहेको छ भने दाम्पत्य जीवन सुखमय नै होला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।


  • न्युज बहार संवाददाता

थप