शुभ बिहानी, आज २०८० साल मंसिर ११ गते, कार्तिक शुक्ल पुर्णिमा तिथी सोमबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज पारिवारिक
रमाइलो हुनेछ।
विशेष सामाजिक कृत्यमा सहभागीको अवसर पाइएला।
नयाँ भौतिक साधनको योजना बन्न सक्छ।
वृष – तपाइको आज सन्तानबाट सुख मिल्नेछ, आज नयाँ योजना र अवसर
आउनाले मन प्रसन्न हुनेछ। व्यवसायको सन्दर्भमा नयाँ योजना बन्ला।
मिथुन - तपाईको आज व्यवहारमा फाइदा होला, मित्रहरूले दिएको वचन
फेरिन सक्ने र फजुल खर्चले चिन्ता बढाउनेछ भने मनको डरले सताउला।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज मङ्गल
कार्यको योजना बन्ला, खानपिनको परिकारले मन लोभ्याउन सक्छ। लामो समयदेखि रोकिएका
अधुरा कामहरू पुरा हुनेछन।
सिंह – तपाईको आज
रमाइलो यात्राको योग रहेको छ। मन
मिल्ने साथीको सहयोग र हौसला पाइएला। काम देखाएर अरूको मन लोभ्याउन सकिएला।
कन्या - कन्या राशीका तपाईको आज जागिर र कर्म प्रति चिन्तन बढेर जानेछ, कुनै न
कुनै कुराले मनमा शान्ति छाउला। रोकिएका र अधुरा काम पुनः सुरु हुनेछन।
तुला - तपाइको आज स्वास्थ्य
प्रति सजग रहन जरूरी देखिन्छ, सानातिना समस्यामा अल्झिनुपर्ने र दबाब र तनाव बढेको
महसुस होला।
वृश्चिक – तपाईको आज प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्नेछन। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने
सम्भावना रहेको छ।
धनु – तपाइको आज व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला। प्रेमी र प्रेमिकाका बिच खिन्नता बढेर जानेछ। ताके
अनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ।
मकर - मकर राशीका तपाइको आज
प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय छ, रचनात्मक कार्यमा मन जानुका
साथै एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज आफूसँग भएको क्षमता
प्रदर्शन गर्ने अवसर पाइएला। पारिवारिक कार्य बोध हुने र नयाँ रचना र ज्ञानमा
प्रगति होला।
मिन –
तपाइको आज चिताएको
कामले तीव्रता पनि लिनेछ। शुभकार्यको चर्चा हुने र सामाजिक क्षेत्र तथा नोकरीबाट मानसम्मान
पाइनेछ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता