कार्तिक ७, काठमाडौँ । यू-१९ प्रिमियर कपको उपाधि नेपालले आफ्नो नाममा गरेको छ । आज भएको फाइनल खेलमा नेपालले यूएईलाई १९ रनले हराउँदै कपको विजेता बनेको हो ।
डकवर्थ लुइस मेथडबाट मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा १९८ रनको लक्ष्य पाएको यूएईले २६.५ ओभरमा अलआउट हुँदै १७८ रनमात्रै बनाउन सक्यो । यूएईले १७८ रनमा सिमित हुँदा नेपालले प्रिमियर कपको उपाधी चुमेको हो ।
आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेकोमा ५० ओभर सकिदाँ ८ विकेट गुमाएर २८१ रनको लक्ष्य यूएईलाई दिएको थियो । तर, आजको खेल पनि वर्षाका कारण प्रभावित भएपछी २७ ओभरमा छोट्याएर डकवर्थ लुइस मेथडमा १९८ को नयाँ लक्ष्य निर्धारण गरिएको थियो ।
- न्युज बहार संवाददाता