साउन २, काठमाडौँ । फिफा विश्वकप २०२६ का उपाधि दाबेदार
मानिएका फ्रान्स र इंग्ल्यान्ड सेमिफाइनलमा हार बेहोरेपछि अब तेस्रो स्थानका लागि
प्रतिस्पर्धा गर्ने भएका छन्।
उपाधि जित्ने सपना
अधुरै रहे पनि दुवै टोलीसँग प्रतियोगिताको अन्त्य जितका साथ गर्ने अवसर अझै बाँकी
छ। त्यसैले आइतबार बिहान हुने तेस्रो स्थानको भिडन्त केवल स्थान निर्धारणको खेल
मात्र नभई निराशाजनक यात्रालाई सम्मानजनक रूपमा टुंग्याउने प्रयासका रूपमा पनि
हेरिएको छ।
- न्युज बहार संवाददाता