असार २६, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट राष्ट्रिय गौरवकै विषय भएकाले रोकिन नहुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । बिहीबार हाइ पर्फमेन्स सेन्टरको उद्घाटनको सातदोबाटोमा भएको कार्यक्रममा बोल्दै ओलीले यो कुरा बताएका हुन् ।
यस
विषयमा उनले भने ‘अब
भव्यताको साथ एनपीएलको तयारी गर्नुस्, एनपीएल भनेको हाम्रो नेसनल प्राइड हो,
त्यसलाई राष्ट्रिय स्तरमा अझै बढी जोड दिने, त्यसको अट्र्याक्सन बढाउनुपर्छ।’ उनले एनपीएल गौरवको विषय भएको र
त्यो पर्ने
तथा एनपीएल अघि बढाउने कुरामा सबैको ध्यान जानुपर्ने भन्दै आग्रह समेत गरेका छन ।
- न्युज बहार संवाददाता