कार्तिक
१०, काठमाडौँ । नेपालले महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा भारतलाई
पराजित गरेको छ।
सोमबार भारतको सिलोङमा सम्पन्न खेलमा नेपालले घरेलु टोलीलाई २–१ गोल अन्तरले हराएको हो।
नेपालका लागि दुबै गोल सावित्रा भण्डारी
(साम्बा) ले गरेकी थिइन्। उनले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गर्दै टोलीलाई
अग्रता दिलाइन्।
६३औँ मिनेटमा सावित्राले डिबक्स
बाहिरबाट प्रहार गरेको फ्रिकिक सिधै जालीमा परिणत भएको थियो, जसले नेपाललाई २–० को अग्रता दिलायो।
भारतले ८१औँ मिनेटमा करिश्मा
सिर्भोइकरको गोलमार्फत एक गोल फर्कायो। उनले डिबक्सभित्रबाट उत्कृष्ट फिनिसिङ
गरेकी थिइन्।
फिफा विन्डोअन्तर्गत
भएको यो खेललाई अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त छ।
- न्युज बहार संवाददाता