कार्तिक
१, काठमाडौँ । आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकपका लागि
एसिया र इपिए क्षेत्रीय छनोट जित्दै स्थान सुरक्षित गरेको नेपाली क्रिकेट टोली हाल
युएई (संयुक्त अरब इमिरेट्स) पुगेको छ। नेपाली टोली युएईमा आईसीसी क्रिकेट विश्वकप
लिग–२ अन्तर्गतको
त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्न पुगेको हो।
यस सिरिजमा नेपाल, युएई र अमेरिका सहभागी छन्, र खेलहरू दुबईमा सञ्चालन हुनेछन्।
युएई पुगेपछि नेपाल क्रिकेट संघ (क्यान)
ले एकदिवसीय टोलीको घोषणा गरेको छ, जसमा टी-२० टोलीभन्दा
तीन खेलाडी फरक छन्। एकदिवसीय टोलीमा भीम सार्की, अनिलकुमार
साह र साहब आलम समावेश भएका छन् भने टी-२० टोलीमा रहेका लोकेश बम, सन्दीप जोरा र आदिल अन्सारी भने यस टोलीमा
छैनन्। बाँकी १२ खेलाडी भने टी-२० टोलीमै रहेका हुन्।
नेपाली एकदिवसीय टोली
यसप्रकार छ:
·
कप्तान: रोहित कुमार पौडेल
·
उपकप्तान: दीपेन्द्र सिंह ऐरी
·
कुशल भुर्तेल, मोहम्मद आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन
यादव, गुलशन झा, कुशल मल्ल, मोहम्मद आसिफ शेख, अनिल कुमार साह, भीम सार्की, साहब आलम, ललित
नारायण राजवंशी।
यो त्रिकोणात्मक
सिरिज आगामी २६ अक्टोबर देखि
सुरु हुँदैछ। पहिलो खेलमा नेपाल र अमेरिका दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा
आमनेसामने हुनेछन्।
- न्युज बहार संवाददाता