असार १७, काठमाडौँ। आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा आज नेपालले सातौं स्थानको प्लेअफका लागि युएईसँग प्रतिस्पर्धा गर्दैछ।
जिम्बावेको हरारे क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार १२:४५ मा सुरु हुनेछ।
नेपालले युएईविरुद्ध खेलेका पछिल्ला चार खेलमा चारै वटामा लगातार युएईलाई पराजित गरेको छ।
- न्युज बहार संवाददाता