बैशाख २७, काठमाडौँ । आईपीएलको हिजो राति
भएको खेलमा लखनउ सुपर जाइन्ट्सलाई सनराइजर्स हैदरावादले १० विकेटले पराजित गरेको छ
।
लखनउले
दिएको १६६ रनको लक्ष्य हैदराबादले विनाविकेट १० ओभरमा पूरा गरेको हो ।
हैदरावादका
लागी ओपनर ट्राभिस हेड ३० बलमा ८९ रन र अभिषेक शर्माले २८ बलमा नटआउट ७५ रनको
योगदान दिएका थिए ।
पहिले
ब्याटिङ गरेको लखनउले हैदराबादको घरेलु मैदानमा २० ओभरमा ४ विकेट गुमाएर १६५ रन
बनाएको थियो ।
हिजोको
जितसँगै हैदराबाद १४ अंकसहित तेस्रो स्थानमा उक्लिन सफल भएको छ ।
- न्युज बहार संवाददाता