कार्तिक १९, काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा आज टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
टस जितेर नेपालका कप्तान रोहित पौडेलले ओमानलाई बलिङको निम्तो दिएका हुन् ।
नेपालले आज खेल्ने खेलमा टिममा एक परिवर्तन गरेको छ । अलराउन्डर दीपेन्द्र सिंह ऐरीको स्थानमा सन्दीप जोराले खेल्ने छन्।
आजको खेलामा रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, करण केसी, सोमपाल कामी, अभिनाश बोहोरा, विवेक यादव, गुल्शन झा र सन्दीप लामिछानेले खेल्ने भएका छन।
- न्युज बहार संवाददाता