भदौ २०, काठमाडौँ। एसिया कप क्रिकेट खेलेर श्रीलंकाबाट नेपाल फर्केका राष्ट्रिय टोलीको त्रिभुवन विमानस्थलमा भव्य स्वागत भएको छ ।
नेपाली टोलीलाई स्वागतका लागी सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत लगिएको थियो । टोलीको स्वागतमा ब्याण्ड टोलीले मंगलधुन बजाएका थिए । क्रिकेट समर्थक र नेपाल क्रिकेट संघका पदाधिकारीहरुले टिमलाई स्वागत गरेका हुन् ।
- न्युज बहार संवाददाता