असोज ५, काठमाडौँ । फिल्म ‘कागबेनी’बाट आफूलाई हटाएर दीया मास्केलाई
मुख्य पात्रमा कास्ट गरिएको अभिनेत्री उषा रजकले दाबी गरेकी छन् । आज शुक्रबार आफ्नो सामाजिक
सञ्जाल फेसबुकमा
स्टाटस लेख्दै उनले निर्देशक भुषण दाहालले अभिनेता अनुप बरालको दबाबमा दीयालाई
कास्ट गरिएको आरोप समेत लगाएकी हुन् ।
रजक आफ्नो
फेसबुमा लेख्छिन ‘म राता रात
आउट र दिया मास्के इन हुनुभयो । त्यो थाहा पाएको दिन म घर आएर धेरै रोएकी थिएँ । त्यस दिन मैले एक गुरुको अर्कै रुप
देखेकी थिएँ, मैले
जीवनको एक कालो पाटो देखें।’ उनी अगाडी लेख्छिन ‘यो कुराको न त मसँग प्रुफ छ, न त आज भुषण दाइले मान्नु हुनेछ कि
वहाँले अनुप सरको प्रेसरमा आएर वहाँको कुरा मान्नु भयो । दाइको पहिलो फिल्म थियो, वहाँ नर्भस हुनुभयो होला ।’
कलाकार बरालविरुद्ध रजकले कास्टिङ काउचको आरोप पनि लगाएकी छन् । यसबारे पनि उनले फेसबुकमा लेखेकी छन, ‘ त्यो बेला अलि दिनमा आँट बटुलेर अनुप सरलाई के भाको सर यस्तो भनेर सोध्दा कता-कता कुरा मोडेर मलाई डिनर जाने कुरा प्रस्ताव गर्नुभएको याद छ । १९ वर्षकी सायद मैले बुझिनँ, अथवा बुझ पचाएँ, थाहा छैन खुरुक्क गएर चुपचाप क्लासमा बसें ।
हो म अलिकति त काँतर नै हो किनकी मैले १७ वर्षसम्म यो कुरा पब्लिकमा बोलिनँ । उनी लेख्छिन कास्टिङ काउच सबैतिर हुन्छन्, मनले रुचेकोलाई रोल दिन पाइयो, तर एक शिक्षालय खोलेर, विद्यार्थी तथा कलाकारलाई समान मौका दिनुभन्दा फेभरेटिज्म र नेपोटिज्म किन ?’
रजकले ‘कागबेनी’ फिल्मको मुख्य पात्रको लागि निर्देशक दाहाल र टिमले आफूसहित शिवानीसिंह थारु, पूजा गुरुङ, आशा मगराती र दीया मास्केसँग अडिसन लिइएको बताएकी छन् ।
- न्युज बहार संवाददाता