Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘हीरामण्डीः द डायमण्ड बाजार’को ट्रेलर रिलिज

  •   २ वर्ष अघि | २८ चैत्र २०८०, बुधबार

चैत २८, काठमाडौँ । प्रतिक्षित सिरिज ‘हीरामण्डीः द डायमण्ड बाजार’को ट्रेलर रिलिज भएको छ । यो सिरिज बलिउड निर्देशक सञ्जय लीला भन्सालीको प्रतिक्षित सिरिज हो ।  यस सिरिज शाही महलदेखि सुरु भएर क्रान्तिसम्मको कथा बोल्ने ‘हीरामण्डीः द डायमण्ड बाजार’को बारेमा रहेको छ । यसमा अभिनेत्री मनीषा कोइरालाको उत्कृष्ट अभिनय रहेको छ ।

लाहोरको शाही छिमेकी हीरामण्डीका यौनकर्मीको जीवनलाई यो श्रृंखलाले चित्रण गरेको छ । यसले देशको स्वतन्त्रताको समयमा यौनकर्मी महिलाको जीवनशैली र उनीहरूको संघर्ष देखाउन खोजेको छ ।

यो श्रृंखला हेर्दै गर्दा तपाईंलाई यसले त्यो समयमा लैजान्छ जब भारत स्वतन्त्रताको लागि लडिरहेको थियो । यो श्रृंखला भन्सालीको यसवर्षको बहुप्रतीक्षित वेबसिरिजमध्ये एक हो । सिरिजमा मनिषा कोइराला, सोनाक्षी सिन्हा, ऋचा चड्डा, अदिति राव हैदरी, शेखर सुमन, अध्यायन सुमन, सञ्जीदा शेख, फरदीन खान र तह शाह बदुशाको मुख्य भूमिका रहेको छ ।

  • न्युज बहार संवाददाता

थप