कार्तिक
५, काठमाडौँ । विश्व डिजिटल युगमा प्रवेश गरेसँगै नेपालमा पनि अनेक डिजिटल
प्लेटर्फमका विकास भइसकेको छ ।
फिल्म
हेर्नका लागि अचेल मानिसलाई हलमै जानु पर्ने बाध्यता नै छैन भन्ने छैन । सिनेमा घर,
डिसहोम, युट्युब, एप
लगायतका धेरै डिजिटल प्लेटफर्म नेपालमा पनि खुलेका छन् ।
दसैँमा विगत
झैँ यो वर्ष पनि डिजिटल प्लेट फर्ममार्फत दर्जनभन्दा बढी फिल्म हेर्न पाइने भएको छ
।
हाइलाइट
नेपाल, सिनेमा
घर एप, बुढासुब्बा
डिजिटल, डिस होम, केन्द्र मोसन पिक्चर्सलगायतले यस्ता
नयाँ प्लेटफर्ममा फिल्म ल्याउँदै छन्।
यस पालि दसैँका
लागी डिजिटल प्लेटफर्ममा दर्जनभन्दा बढी फिल्म आउने देखिएको छ । ‘रोमियो एन्ड मुना’, ‘छड्के २’, ‘शत्रु गते’, ‘जारी’, ‘छक्का पञ्जा ४’, ‘पासो’, ‘माइकल अधिकारी’, ‘झिँगे दाउ’ ‘प्रेम गीत ३’ ‘चिसो मान्छे’ ‘कृष्ण लीला’, ‘प्रकाश’।
यसरी आउन
लागेको फिल्ममा स्टार कलाकारहरुदेखि नयाँ कलाकारसम्म र हिटदेखि फ्लपसम्म सबै रहेका
छन् ।
- न्युज बहार संवाददाता