कार्तिक ६, मुम्बई । बलिउडमा कन्नड सुपरस्टार यशले इन्ट्री गर्ने तयारीमा रहेको छन् । यशले केजीएफ फ्रेन्चाइजीबाट विश्वव्यापी चर्चा कमाएका छन। अब उनी निर्देशक नितेश तिवारीको महत्त्वाकांक्षी परियोजना रामायणका लागि अनुबन्ध भएका हुन ।
यो फिल्मका लागि यशले १ अर्ब ५० करोड भारु पारिश्रमिक लिँदैछन् भन्ने भारतिय सञ्चार माध्यमले जनाएको छ।
यस फिल्ममा यश रावण, साइ पल्लवी सिता र रणवीर कपुर रामको भूमिकामा देखिने बताइएको छ ।
आगामी वर्ष फेब्रुअरीदेखि फिल्मको सुटिङ सुरु हुने अनुमान गरिएको छ ।
- न्युज बहार संवाददाता