असोज १२, काठमाडौँ । आज शुक्रबारदेखि गायनमा आधारित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन-५ सुरु हुँदैछ ।
आज बेलुका ८ बजे हिमालय टिभीमा प्रसारण हुने यस शोले लामो नेपाली म्युजिकल रियालिटी शोको रेकर्ड पनि राख्नेछ।
दर्शकमाझ यो सो लाई लिएर व्यापक पर्खाइ रहेको छ। यस सिजनको केही नियममा हेरफेर गरिएको छ भने सोलाई प्राविधिक रुपमा भव्य तुल्याइएको छ ।
ब्लाइन्ड अडिसनमा १२० जना प्रतिभाले प्रतिस्पर्धा गर्दैछन्। ब्लाइन्ड अडिसन सकिएपछी ब्याटल र नकआउट चरण प्रसारण हुनेछन् ।
- न्युज बहार संवाददाता