पुस १४, काठमाडौँ
। हरर फ्यामिली ड्रामा ‘ममी’को टिजर सार्वजनिक भएको छ ।
यस फिल्ममा सुलक्षण
भारतीय, दीया मास्के र प्रियंका कार्कीको शीर्ष भूमिका रहेको छ ।
टिजरले
कथावस्तु, चरित्र
चित्रण र फिल्मको कथ्यबारे महत्वपूर्ण प्रकाश पारेको छ ।
दर्शकमा
रहस्य र कौतुलहता जगाउन टिजरले प्रयत्न गरेको छ । टिजरमा थ्रीलरसहितका तत्व पनि
समावेश गरिएको छ ।
फिल्ममा घनश्याम
जोशी, समीप
निरौला, जेभिस
श्रेष्ठ, गीत विष्ट
र आयुषी ढकालको पनि अभिनय रहेको छ ।
- न्युज बहार संवाददाता