फागुन ६, काठमाडौँ । फिल्म ‘घर ज्वाइँ’ को सुटिङ सुरु भएको छ । अभिनेता दयाहाङ राई र अभितेत्री मिरुना मगर प्रमुख भूमिकामा रहेको फिल्मको पूर्वी रुकुमको लुगममा क्यामरा पूजा गरि सुटिङको सुरुवात गरिएको निर्माता जनक घर्ती मगरले जनाएका छन ।
अनिल बुढामगरको निर्देशन रहेको फिल्म पूर्वी रुकुमको लगुम, तकसेरा,ढोरपाटनलगायतका स्थानमा खिचिने जनाइएको छ । करिब ३५ दिनको सेड्युल राखेर फिल्मको सुटिङ सुरु गरिएको हो । फिल्ममा दयाहाङ र मिरुनाका साथै शिसिर वाङ्देल, बुद्धि तामाङ, भोला सापकोटा, पुस्कर गुरुङ, कविता आले, राज थापा काउचा, अनु थापा, खड्गबहादुर पुन (खबपु), शिला आले, बिना मगर, सोनाम लामा, विवेश बुढा, सुनील मगरलगायतले अभिनय रहनेछ ।
- न्युज बहार संवाददाता