माघ २९, काठमाडौँ
। फिल्म ‘रङ्गेली’ को दोस्रो गीत ‘दुल्हा दुल्हन’ सार्वजनिक गरिएको छ । फागुन २५
गतेबाट रिलिज हुन लागेको फिल्मको दोस्रो गीतलाई विवाह गीतको रूपमा तयार पारिएको छ
भने गीतमा सविन एकतारेका शब्द, निशान भट्टराईको स्वर
र
सुशान्त गौतमको संङ्गीत रहेको छ ।
गीतको
भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको विवाह समारोहमा भएको
सांगीतिक कार्यक्रमको पृष्ठभूमिमा तयार गरिएको छ भने अभिनेता विजय बराललाई पनि
गीतमा प्रमुख स्थान दिइएको छ । फिल्ममा दयाहाङ राई, मिरुना मगर,
अर्पण
थापा, रमेश
बुढाथोकी, प्रवीण खतिवडा लगायतको अभिनय रहेको छ ।
- न्युज बहार संवाददाता