माघ २, काठमाडौँ । अबको केही दिनमा कमेडी
रियालिटी शो ‘कमेडी
च्याम्पियन ३’ सुरु
हुने भएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै निर्माण युनिटले अडिशन राउण्डको
छायाङ्कन सकिएको र प्रसारणको तयारीमा प्रोमोशन सुरु भएको जानकारी दिएको छन ।
प्रतियोगीताका
लागि डिजिटल अडिशनबाट हजारौँ आवेदकमध्ये १३२ जनालाई प्री–जजीङमा सहभागी गराएको र
उनीहरुबाट ७६ जना फिजिकल अडिशन राउन्डमा छानिएको आयोजकले बताएका छन ।
अहिलेको तेस्रो
सिजनमा १३ वर्षकी बालिकादेखि केहि सिनियर सिटिजनसम्मका
प्रतियोगी छन भने कालिकोटदेखि तराई मूल हुँदै अमेरिकादेखि
सम्म आएका प्रतिस्पर्धीका बिच प्रतिस्पर्धा हुने छ ।
यो सिजनमा
पनि निर्णायकमा सिनएर हास्य कलाकार द्वय सन्तोष पन्त र मनोज गजुरेल
तथा अभिनेत्री
ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराई रहनेछन् भने शो को कार्यक्रम
प्रस्तोतामा मेक्सम गौंडेल र रीमा
विश्वकर्मा रहनेछन् ।
- न्युज बहार संवाददाता