Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भिन्न शैली सुरुवात गर्दै ‘के घर के डेरा : घर नं २’को प्रिमियर सम्पन्न

  •   १ वर्ष अघि | २ जेष्ठ २०८२, बिहिबार

जेठ १, काठमाडौँ । फिल्म ‘के घर के डेरा : घर नं २’को प्रिमियर गरिएको छ । दीपेन्द्र के. खनाल निर्देशित फिल्मको सिभिल मलस्थित क्यूएफएक्सको हलमा बुधबार बेलुका प्रिमियर आयोजना गरिएको हो ।

प्रिमियरमा १८० जना बटुवालाई सहभागी गराइएको थियो । फिल्मले घरेलु फिल्ममा भिन्न शैली सुरुवात गर्दै प्रिमियर गरेको यो पहिलोपटक हो । निर्देशक खनालका अनुसार वास्तविक दर्शकबाट इमान्दार प्रतिक्रिया बुझ्ने उद्देश्यले ‘र्‍यान्डम’ दर्शकलाई सहभागी गराइएको हो ।

निर्माताले ती दर्शकबाट प्रतिक्रिया समेत लिएका छन । ‘र्‍यान्डम’ दर्शक बाहेक फिल्मकर्मीको बाक्लो उपस्थिती रहेको थियो । घरबेटी र डेरावालमात्रै नभएर आम नागरिकको कथा यसमा रहेको फिल्म हेर्ने दर्शकले बताएका थिए ।

  • न्युज बहार संवाददाता

थप