असोज ४, काठमाडौँ । हिजो बिहीबार संविधान दिवसको
बिदा पारेर प्रदर्शनमा आएको फिल्म ‘खुस्मा’ले प्रदर्शनको सुरुवाती व्यवसाय
राम्रो गरेको छ । फिल्मले रिलिजको दिन अर्थात बिहीबार काठमाडौँसहित मोफसलका
धेरैजसो हलमा करिब ५० प्रतिशत अकुपेन्सी कायम गर्न सफल भएको थियो ।
काठमाडौँ अन्तर्गत विशेष गरेर क्यूएफएक्सको सिभिल,
लबिम, एफक्युब, बिग मुभिज
जस्ता
हलहरूमा बिहीबार दर्शकको चाप देखिएको थियो ।
फिल्मका वितरक गोविन्द शाहीका अनुसार साँझ ६ बजेपछिका शोजमा पनि
दर्शकको उपस्थिति राम्रो रहेको र बुटवल, पोखरा, धरान, नेपालगन्ज, विर्तामोड जस्ता सहरहरूमा पनि
फिल्म हेर्ने दर्शकको चाप दिउँसोदेखि साँझसम्म राम्रो रहेको छ ।
फिल्म रिलिज भएको पहिलो दिनमा
नै देशभर फिल्मको राम्रो व्यवसाय गर्न सफल भएको छ ।
फिल्म मगर समुदायको परिवेशमा
निर्माण गरिएको छ भने यस फिल्ममा सशस्त्र द्वन्द्वको प्रभावबीच अंकुराएको एक
जोडीको प्रेमकथालाई देखाइएको छ । फिल्ममा धीरज मगर उपासना सिहं ठकुरी, माओत्से
गुरुङ, खड्कबहादुर
पुन (खबपु) लगायतको अभिनय रहेको छ ।
- न्युज बहार संवाददाता