कार्तिक ३, काठमाडौँ । फिल्म ‘परदेशी २’ दोस्रो सातामा प्रवेश गरेको छ । फिल्म गत असोज २६ गते शुक्रबारबाट देशभर प्रदर्शनमा आएको थियो । फिल्मले पहिलो साता राम्रो व्यवसाय गरेको छ र दोस्रो साता पनि राम्रो दर्शक पाउने अपेक्षा निर्माण युनिटले गरेका छन ।
फिल्मले पहिलो हप्ता बक्स अफिसमा करिब ३ करोड ३० लाख हाराहारी ग्रस कलेक्सन गरेको निर्माता राजेश बंशलले जनाएका छन । उनले फिल्म अहिले पनि राम्रो व्यवसाय गरिरहेको जानकारी दिएका छन ।
नारायण रायमाझीले निर्देशन गरेका फिल्ममा केकी अधिकारी, प्रकाश सपुत, वर्षा सिवाकोटी लगायतको अभिनय रहेको छ ।
- न्युज बहार संवाददाता