फागुन ३, काठमाडौँ । पहिलो फिचर फिल्मको रुपमा ‘लाज शरणम’ निर्माणको घोषणा टेलिभिजन श्रृंखला ‘सक्किगो नि’ को समूहले गरेको छ ।
यो
श्रृंखलाका सबै कलाकारले बुधबार बेलुका सामाजिक संजालबाट टाइटलको लोगो सेयर गर्दै
फिल्मबारे जानकारी दिएका छन । कलाकार कुमार कट्टेलका अनुसार चलचित्र विकास
बोर्डबाट निर्माण इजाजत लिएसँगै फिल्मको घोषणा गरि जानकारी दिइएको हो ।
कट्टेलका
अनुसार यो फिल्मको निर्देशक र कलाकारको लाइनअप तय हुन बाँकी रहेको छ भने टीम
भित्रैबाट फिल्म निर्देशन गर्नेबारे पनि छलफल भैरहेको छ र कलाकारको रुपमा टिम र
बाहिरबाट पनि कोही हुनसक्नेछन ।
फिल्म सोसल-कमेडी
जनरामा बन्न लागेको हो । फिल्ममा अहिले मुलुक र नागरिकले भोग्नुपरेको यथार्थ
समस्यालाई चित्रण गर्ने बताइएको छ ।
- न्युज बहार संवाददाता