Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘पूर्ण बहादुरको सारङ्गी’ को फस्ट लुक सहित पोस्टर सार्वजनिक

  •   २ वर्ष अघि | १४ भदौ २०८१, शुक्रबार

भदौं १४, काठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ ले आफ्नो फस्ट लुक सहित पोस्टर सार्वजनिक गरेको छ । प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले फिल्मको फस्ट लुक पोस्टर सार्वजनिक गरेको हो ।

फिल्मका मुख्य पात्र विजय बराल र प्रकाश सपूतलाई सार्वजनिक फस्ट लुक पोस्टरमा स्थान दिइएको छ ।

सार्वजनिक पोस्टरमा प्रकाश सपूत सरकारी स्कुलको ड्रेसमा हातमा मार्कसिट बोकेर उफ्रिँदै कुदिरहेका देखाइएको छ । यो फिल्मलाई सेभेन सिज इन्टरटेनमेन्टले विश्वभर प्रदर्शन गराउने भएको छ भने यस फिल्मले कात्तिक १५ गते लक्ष्मीपूजालाई आफ्नो प्रदर्शन मिती घोषणा गरेको छ ।

  • न्युज बहार संवाददाता

थप