साउन ६, काठमाडौँ । फिल्म ‘रिमै’को टिजर सार्वजनिक भएको छ । प्रदर्शन तयारीमा रहेको फिल्मका लेखक कबड्डी, जारी र मनसराजस्ता फिल्मका लेखक उपेन्द्र सुब्बा हुन । यो फिल्मले गुरुङ गाउँको सम्बन्ध र संस्कृतिको कथा पेश गरेको छ ।
सार्वजनिक टिजरमा
फिल्मका शीर्ष कलाकार दयाहाङ राई, रिश्मा गुरुङ, , माओत्से गुरुङ, अर्पण थापा, गौमाया गुरुङ, बुद्धि तामाङ लगायतलाई देख्न
सकिन्छ । टिजरले कथावस्तुबारे विस्तृत खुलाएको भने छैन ।
सार्वजनिक
टिजर हेर्दा कथा त्रिकोणात्मक हुनसक्ने अनुमान गर्न सकिन्छ । फिल्ममा दयाहाङले
लाहुरेको भूमिका निर्वाह गरेका छन् ।
- न्युज बहार संवाददाता