Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक

  •   १ वर्ष अघि | ११ भदौ २०८२, बुधबार

भदौ ११, काठमाडौँ । चलचित्र ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक भएको छ । दसैँको समयमा प्रदर्शनमा आउने चलचित्रको आज बुधबार टिजर सार्वजनिक गरिएको हो ।

टिजरमा निर्देशक दीपेन्द्र के. खनालले यसपटक हरिबहादुरलाई केवल हास्यमै सीमित नराखी भावुक र कारुणिक पात्रका रूपमा पनि देखाउन खोजेको आभाष गर्न सकिन्छ ।

फिल्ममा हरिबहादुर (हरिवंश आचार्यको पात्र) केन्द्रमा रहेपनि अन्य चर्चित कलाकारहरूको अभिनय पनि देख्न सकिन्छ । फिल्म असोज १३ गतेबाट प्रदर्शनमा आउनेछ ।

 

  • न्युज बहार संवाददाता

थप