बैशाख ४, काठमाडौँ
। संगीतको विश्वचर्चित अडियो प्लाटफर्म स्पोटीफाईमा गायक सुशान्त केसी मासिकरुपमा
सबैभन्दा धेरै सुनिने नेपाली गायक बनेका छन् ।
पछिल्लो शीर्ष १० को सूचीमा केसी शीर्षस्थानमा रहेको संगीतसम्बन्धी तथ्यांक विश्लेषण गर्ने प्लाटफर्म भाइब्रेटले जनाएको छ । उक्त तथ्यांकमा उल्लेख भए अनुसार सुशान्तलाई मासिकरुपमा ८ लाख ६३ हजार पटक सुनिने गरिएको छ ।
त्यस्तै नेपालबाट दोस्रो स्थानमा सज्जनराज वैद्य रहेका छन् । वैद्यलाई मासिकरुपमा ३ लाख ५७ हजार पटक सुन्ने गरिएको उल्लेख छ ।
- न्युज बहार संवाददाता