जेठ १२, काठमाडौँ । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४, बट्टारमा निर्माण गरिएको आधुनिक सुविधा सम्पन्न ‘शिवालय सिनेप्लेक्स’ पुनः सञ्चालनमा आएको छ । चित्र प्रेमी दर्शकहरूको सुविधालाई मध्य नजर गर्दै आधुनिक सुविधा सम्पन्न हल सञ्चालनमा आएको हो।
चलचित्र
विकास बोर्डले सुरु गरेको विभिन्न कारणले
बन्द भएका सिनेमा हलहरूलाई मर्मत तथा पुनः सञ्चालनमा कार्यक्रम अन्तर्गत नुवाकोटको
बट्टारमा निर्माण भएको यो हलको आइबारबाट औपचारिक सुरुवात भएको हो । ‘शिवालय सिनेप्लेक्स’
को चलचित्र
विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आइतबार औपचारिक सुरूवात गरेका हुन ।
स्थानीय
युवा उद्यमीहरू सन्तोष सरगम अधिकारी (विदुर–१२, चारघरे) र पासाङ लामा गोपाल
(विदुर–४, बट्टार) को संयुक्त लगानीमा २४०
सिट क्षमताको शिवालय सिनेप्लेक्स सञ्चालनमा आएको हो ।
- न्युज बहार संवाददाता