मंसिर ५, काठमाडौँ
। सन्जिप राई र विश्व मगर हिमालय रोडिज सिजन-५ को उपाधिका लागि भिड्ने भएका छन् । सन्देश
राई र एसु खड्का सोमबार प्रसारण भएको सेमिफाइनल प्रतिस्पर्धाबाट बाहिरिएका छन ।
यस सिजनमा रोचक
कुरा के छ भने, दुबै
फाइनलिस्टले अर्थात आशिष राना ‘लाउरे’को ग्याङ अर्थात टीम ग्रीन बाट नै
प्रतिनिधित्व गर्दैछन । यो हिमालय रोडिजमा एउटै ग्याङका दुई सदस्य फाइनलमा भिड्न
लागेको पहिलोपटक हो ।
फाइनलिस्टको
नाम घोषणा होस्ट सुरजसिंह ठकुरीले गरेका थिए ।
अब आउने
सोमबार बेलुका ८ बजे प्रसारण हुने सिजन पाँचको फिनालेमा सन्जिप र विश्वले प्रतिस्पर्धा
गर्नेछन्।
- न्युज बहार संवाददाता