फागुन २३, काठमाडौँ । फिल्म ‘मेयर’मा अभिनेत्री ऋचा शर्मा जोडिएकी छन् । निर्देशक दीपेन्द्र के खनालका अनुसार हिजो मंगलबारदेखि उनी फिल्मसँग आबद्ध भएकी हुन ।
यस वर्षका दुइ फिल्म ‘राजागञ्ज’ र ‘डिग्री माइला’ पछि उनी अब ‘मेयर’मा आबद्ध भएकी हुन् ।
फिल्ममा
उनको भूमिकाबारे अहिले खुलाइएको छैन तर छायांकन सेटबाट उनको फोटो भने सार्वजनिक
भएको छ । सार्वजनिक तस्बिरमा ऋचालाई कालो रंगको कुर्था–सुरुवालमा देखिएको छ ।
- न्युज बहार संवाददाता