असार १, काठमाडौँ।
‘रियल टाइम
बक्सअफिस’को औपचारिक
सुरुवात असार १६ देखि हुने भएको छ। चलचित्र विकास बोर्डका सबै सेवा पनि सोही
दिनदेखि अनलाइनमार्फत हुनेछन्।
बोर्ड
अध्यक्ष दिनेश डीसीले चलचित्र निर्माता संघको १८ औं वार्षिक साधारण सभामा बोल्दै बहुप्रतीक्षित
‘रियल टाइम
बक्सअफिस’बारे यि
कुरा बताएका हुन्।
अहिले पनि ‘रियल टाइम बक्सअफिस’ कायमै रहेको तर, असार १६ देखि भने यसको औपचारिक
घोषणा हुन लागेको अध्यक्ष डीसीले जनाएका छन। उनका अनुसार मुलुकका १६५ भन्दा धेरै
हलमा बक्सअफिसमा जडान भैसकेको छ।
- न्युज बहार संवाददाता