काठमाडौँ । फिल्म ‘कौसीद’ अगामी २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँने भएको छ । कुमार भाष्कर निर्देशित यस फिल्मले आफ्नो प्रदर्शन मिति नजिकिँदै गर्दा नयाँ गीत ‘नझर्थे र आँशु’ सार्वजनिक गरेको छ ।
सार्वजनिक भएको यस गीतले सुख र दुःखको मिश्रित दैनिकीको भाव बोलेको देखिन्छ । एक शिक्षक जो आफ्नो पीडा भुलेर अरूको खुसीको लागि संघर्षरत रहेको हुन्छ त्यही कथा शब्दमा व्यक्त गरिएको छ । गीतमा स्वर र संगीत पहिलो नेपाल आइडल बुद्ध लामाको छ, भने लक्ष्मण बानियाँले शब्द लेखेका छन् ।
‘कौसीद’ मा भोलाराज सापकोटा, ऋचा शर्मा, परिक्षित विक्रम राणा, रुपेश दाहाल, सदिक्षा गौतम, निर्भिक भट्टराई र सन्दीप लोहनी लगायतको अभिनय रहेको छ ।
- न्युज बहार संवाददाता