Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

धेरै फिल्म थुप्रिसक्यो, अब नयाँ फिल्म साइन गर्दिन : दयाहाङ राइ

  •   ३ वर्ष अघि | १९ माघ २०८०, शुक्रबार

माघ १९, काठमाडौँ । आउँदो एक वर्ष नयाँ फिल्म साइन नगर्ने अभिनेता दयाहाङ राइले बताएका छन् । उनका अनुसार आफूले अभिनय गर्नुपर्ने धेरै फिल्म थुप्रिएका कारण उनले नयाँ फील्म साइन नगर्ने बताएका हुन ।

दयाहाङले भने, ‘ ‘मैले अभिनयका लागि सहमति जनाएको घोषणा हुन बाँकी ५ फिल्म छन्, त्यसपछिका अन्य फिल्म साइन गर्दिनँ, साथीभाइको मुख हेर्दाहेर्दै धेरै फिल्म थुप्रिसकेको छ ।’ उनका अनुसार आफ्नो अभिनय रहेको फिल्मको सङ्ख्या धेरै भएको र अब केही कम गर्ने सोच रहेको सुनाएका हुन।

दयाहाङले बिहीबार फिल्म ‘दयारानी’को प्रेस मिटमा फिल्म ‘दयारानी’ दर्शकका लागि नौलो स्वाद हुने जनाएका छन । राइले भने,  ‘फिल्म सन्तान नभएका श्रीमान् श्रीमतीबिचको कथा हो, यसले सन्तान नभएका श्रीमान् श्रीमतीका लागि सन्तानको उपाय समेत खोजेको छ ।’

आगामी २६ गतेबाट ‘दयारानी’ सार्वजनिक प्रदर्शनमा आउँदै छ भने यही मितिमा दायहाङको अर्को फिल्म ‘हात्ती छाप’ पनि रिलिज हुँदै छ । 

  • न्युज बहार संवाददाता

थप