माघ १७, काठमाडौँ । अहिले भारतको प्रयागराजमा भइरहेको महाकुम्भ
मेलाको धेरै प्रचार भइरहेको छ । महाकुम्भ मेलाका क्रममा ‘भाइरल गर्ल’ भनेर
मोनालिसा नाम की एक स्थानिय युवती निकै चर्चा भइरेको छ । खास गरि उनको आँखाको विशेष
चर्चा भइरहेको छ । अब उनै भाइरल गर्ल मोनालिसाले बलिउड फिल्ममा काम गर्ने अवसर
पाउने भएकी छन् ।
‘डायरी अफ
मणिपुर’ फिल्मका
लागि माला बेचेर जीवन गुजारा गर्ने मोनालिसाले साइन गरेको जनाइएको छ। यस फिल्मका
निर्देशक सनोज मिश्रा हुन । मणिपुरमा भएको भयानक घटनामा बन्न लागेको यो फिल्ममा
मोनालिसाको महत्त्वपूर्ण भूमिकामा रहेन जनाइएको छ ।
- न्युज बहार संवाददाता