Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

धरानको धरान रंगशालामा कन्दराले आफ्नो प्रस्तुति दिने

  •   २ वर्ष अघि | ४ बैशाख २०८१, मङ्लबार

बैशाख ४, धरान । धरानको धरान रंगशालामा आगामी वैशाख ८ गते शनिबार लोकप्रिय ब्याण्ड कन्दराले आफ्नो प्रस्तुति दिने भएका छन । कन्दराले शनिबार आफ्नो नयाँ टिमअप सहित ‘कन्दरा लाइभ इन धरान’ साङ्गीतिक कार्यक्रम मार्फत धरानमा आफ्नो प्रस्तुति दिने भएको हो।

कन्दराले केही समय पनि ‘बिचरा म’ बोलको गीत सार्वजनिक गरिसकेको छ। कन्दराले गत पौष २७ गते पोखरामा भव्य कन्सर्ट समेत सम्पन्न गरिसकेको छ ।

कन्दराको सातै प्रदेशमा मुख्य सहरहरूमा कन्सर्ट आयोजना गर्ने पहिलो लक्ष्य अनुसार धरानमा यो दोस्रो कन्सर्ट रहेको छ ।

कन्दराका मुख्य खम्बा तथा गायक विवेक श्रेष्ठले धरानपछी सुर्खेत, चितवन, जनकपुर, नेपालगन्ज, काठमाडौँ, बुटवल, लगायतका प्रमुख सहरहरूसँगै नेपालका कुना-कन्दरा लगायतका सम्पूर्ण ठाउँमा आफ्नो कन्सर्ट लिएर जाने योजना रहेको बताएका छन ।

  • न्युज बहार संवाददाता

थप