पुस १३, काठमाडौँ
। गायक सुशान्त केसीको लागि सन् २०२४ फलदायी वर्ष सावित भयो । शुक्रबार विज्ञप्ति
जारी गर्दै उनको सांगीतिक व्यवस्थापन कम्पनी ग्यारेज इन्टरटेनमेन्टले पछिल्लो
वर्षका उपलब्धिबारे चर्चा गरेको छ ।
विज्ञप्तिमा
उल्लेख गरिए अनुसार सुशान्त सन् २०२४ कै सर्वाधिक स्ट्रिमिङ हुने नेपाली
संगीतकर्मीको रुपमा छन । विवरणमा भनिएको छ ‘सुशान्तले डिजिटल प्लाटफर्ममा रेकर्ड–ब्रेक सफलता हासिल गर्दै नेपाली
संगीतको विश्वव्यापी धारणालाई पुनः परिभाषित गर्नुभएको छ।’
‘बार्दली’ सुशान्तको पछिल्लो गीत सन् २०२४ कै सांस्कृतिक परिघटना बनेको विज्ञप्तिमा जनाइएको छ । रिलिजको पहिलो महिनामै यो गीतलाई दुई करोड पटक हेरिएको उल्लेख छ । झण्डै १० लाख टिकटक भिडियो यो गीतबाट पनि बनेको जनाइएको छ । स्पोटीफाइमा सुशान्तलाई सन् २०२४ मा १७६ मुलुकबाट ४४ मिलियन पटक सुनिएको उल्लेख गरिएको छ ।
- न्युज बहार संवाददाता