पुस १०, काठमाडौँ । नेपाली सिरिज ‘खेल’को शुभसाइत गरिएको छ । यस सिरिजमा
सुरक्षा पन्तको शीर्ष भूमिका रहने छ । सिरिजका निर्देशक, कलाकार र प्राविधिकले उपकरण र
स्क्रिप्टको पूजा कमलादीको गणेश मन्दिरमा गरेसँगै निर्माणको घोषणा गरिएको हो ।
अनुराग
प्रधान जसले दर्जनभन्दा बढी हिन्दी फिल्ममा सह-निर्देशन गरिसकेका छन उनैले यो
सिरिज निर्देशन गर्नेछन । अभिनेत्री पन्तसँगै बलिउड फिल्म ‘बर्फी’ फेम्ड अभिनेता भोला सापकोटा, मोनिका थापा, सरिता गिरी, समापिका गौतम, यम प्रसाद ओली र हेना नगरकोटी पनि कलाकारको रुपमा रहने छन् ।
यस सिरिजलाई काठमाडौँमा छायांकन गरिने छ । सय वर्ष
अघिको काठमाडौँको सेटअपमा
सिरिज छायांकन हुने जानकारी निर्देशक प्रधानले दिएका छन ।
- न्युज बहार संवाददाता