पुस १७, काठमाडौँ । फिल्म ‘महाजात्रा’ प्रदीप भट्टराईले निर्देशनमा बन्दै गरेको पछिल्लो फिल्म हो । यसअघिका ‘जात्रा’ र ‘जात्रै जात्रा’ हिट भएपछि त्यसको अर्को तेस्रो सिक्वेलको रूपमा ‘महाजात्रा’ तयार गरिएको छ । यसैबिच फिल्मको फस्टलुक्स सार्वजनिक भएको छ ।
आज मंगलबार फिल्मको फस्टलुक्स सार्वजनिक भएको हो । फष्टलुक्समा अभिनेता हरिवंश आचार्यसँगै शृङ्खलाका तीन कलाकार विपिन कार्की, रवीन्द्र झा र रवीन्द्र सिंह बानियाँ देखिएका छन् ।
सार्वजनिक पोस्टरमा जोएश (रवीन्द्र बानियाँ), फडिन्द्र (विपिन) र मुन्ना (रवीन्द्र झा) को भूमिका देखिँदै आएका तीन पात्रले अभिनेता हरिवंश आचार्यलाई ह्वीलचेयरमा लागि रहेका देख्न सकिन्छ ।
- न्युज बहार संवाददाता