वैशाख १६, काठमाडौँ । चर्चित गायक प्रकाश दूतराजले नेपाली चलचित्र अभिनयमा डेब्यु गरेका छन् । फिल्म ‘आहुति’ बाट गायक प्रकाश दूतराजले फिल्म अभिनयमा डेब्यु गरेका हुन । अहिले उक्त फिल्मको छायांकन पाँचथरको सुभाङमा भैरहेको छ ।
यस फिल्ममा गायक दूतराजको शीर्षमध्येको भूमिका रहेको छ भने फिल्ममा प्रकाशले अभिनेत्री साम्राज्ञी शाहसँग जोडी बाँधेका छन् । यो फिल्ममा अर्का कलाकार रिहान गिरीको पनि मुख्य भूमिका रहेको छ । रिहान सोमबार मात्रै प्रदर्शनको ५१ दिन मनाएको फिल्म ‘होस्टेल ३’का कलाकार हुन् ।
अहिले फिल्मको भाग १ र २ को छायांकन भैरहेको स्रोतले जनाएको छ । दोस्रो भागमा रिहानको इन्ट्री हुने बताइन्छ ।
- न्युज बहार संवाददाता